राजनीति मेरो लक्ष्य
होइन, विकास मेरो जिम्मेवारी हो।

"इमानदार नेतृत्व, स्पष्ट दृष्टि, पारदर्शी शासन र परिणाममुखी कार्यशैलीमार्फत पर्सालाई समृद्ध, सक्षम र अवसरयुक्त भविष्यतर्फ अघि बढाउने हाम्रो प्रतिबद्धता।"

अनुभव

३० वर्ष उद्योग, व्यापार र व्यवस्थापन

दृष्टि

वीरगञ्ज केन्द्रित आर्थिक समृद्धि

प्रतिबद्धता

परिणाम देखिने काम

परिचय

नमस्ते। म अशोक कुमार टेमानी। पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार। म राजनीति गर्न आएको होइन, म काम गर्न आएको हुँ। ३० वर्ष उद्योग, व्यापार र व्यवस्थापन क्षेत्रमा बिताएको अनुभवलाई अब परिणाममा रूपान्तरण गर्ने समय आएको छ। मेरो विश्वास सरल छ — विकास भाषणबाट होइन, स्पष्ट योजना र परिणाम देखिने कामबाट हुन्छ। पर्सा र विशेष गरी वीरगञ्जलाई आर्थिक समृद्धिको केन्द्र बनाउने मेरो दृष्टि छ। शिक्षा र सीप विकासलाई रोजगारीसँग जोड्नु, उद्योगमैत्री वातावरण निर्माण गर्नु, डिजिटल सुशासन लागू गर्नु र पारदर्शिता सुनिश्चित गर्नु आजको आवश्यकता हो। राजनीति मेरो लक्ष्य होइन। विकास मेरो जिम्मेवारी हो।

— अशोक कुमार टेमानी

Ashok Kumar Temani

हाम्रो
अभियान
क्षणहरू
अन्वेषण गर्नुहोस्

Flag

नेतृत्व। अनुभव। मूल्यमान्यता।

Vote for अशोक कुमार टेमानी

पर्सा क्षेत्र नं. २ मा विकासका प्राथमिकताहरू

Flag

शिक्षा सुधार र सीप विकास

शिक्षा बिना सीप हुँदैन, सीप बिना रोजगारी हुँदैन।

  1. १. प्राविधिक शिक्षा: उद्योग–आधारित सीप तालिम विस्तार
  2. २. स्कुल–उद्योग सहकार्य: पढाइसँगै काम सिक्ने प्रणाली
  3. ३. डिजिटल शिक्षा: ICT आधारित सिकाइ पद्धति
  4. ४. समान पहुँच: शहर र गाउँका विद्यार्थीलाई समान अवसर
Flag

डिजिटल सुशासन र पारदर्शिता

नाप्न नसकिने शासन, सुधार्न पनि सकिँदैन।

  1. १. KPI आधारित सरकार: हरेक कार्यालयको कामको मापन
  2. २. पूर्ण डिजिटलाइजेसन: कागज होइन, प्रणाली
  3. ३. One-Window सेवा: नागरिक सेवा एकै ठाउँ, झन्झट बिना
  4. ४. पारदर्शिता: बजेट र निर्णय सार्वजनिक
Flag

युवा, रोजगारी र अर्थतन्त्र

रोजगारी बिना देश अघि बढ्दैन।

  1. १. स्थानीय रोजगारी: उद्योग र उद्यम विस्तार
  2. २. युवा उद्यम: स्टार्टअप र MSME सहयोग
  3. ३. सीप + पूँजी: आत्मनिर्भर युवाका लागि सहुलियत ऋण
  4. ४. विदेश होइन, विकल्प: यहीँ काम गर्ने वातावरण
Flag

वीरगञ्ज – आर्थिक राजधानी

वीरगञ्ज व्यापारको ढोका मात्र होइन, अर्थतन्त्रको इन्जिन हो।

  1. १. औद्योगिक पूर्वाधार: उद्योगमैत्री नीति
  2. २. लजिस्टिक्स हब: भन्सार, यातायात र गोदाम सुधार
  3. ३. निजी–सरकार साझेदारी: लगानी आकर्षण
  4. ४. रोजगारी सिर्जना: क्षेत्रीय आर्थिक वृद्धि
Flag

कृषि र किसान

किसान बलियो भए मात्र, अर्थतन्त्र बलियो हुन्छ।

  1. १. सिँचाइ र भण्डारण: Cold Storage र आधुनिक प्रविधि
  2. २. बजार सुनिश्चितता: उत्पादनको उचित मूल्य
  3. ३. मूल्य श्रृंखला विकास: खेतदेखि बजारसम्म
  4. ४. कृषि उद्यम: युवालाई कृषि पेशातर्फ आकर्षण
Flag

स्वास्थ्य र सामाजिक सुरक्षा

स्वास्थ्य सेवा सुविधा होइन, अधिकार हो।

  1. १. स्वास्थ्य केन्द्र सुदृढीकरण: स्थानीय सेवा विस्तार
  2. २. आधुनिक उपकरण र जनशक्ति: गुणस्तरीय उपचार
  3. ३. गरिब र श्रमिकमैत्री नीति: पहुँचयोग्य सेवा
  4. ४. रोकथाममुखी प्रणाली: रोग लाग्न नदिनेतर्फ जोड

सम्पर्क गर्नुहोस्

Election symbol
Vote for जसपा (JSP) — नेतृत्व। अनुभव। मूल्यमान्यताहरू।
Vote Count: 24387